Sat. Apr 27th, 2024

काठमाडाैं ।
चलचित्र ‘लिलीबिली’बाट डेव्यु गरेकी नायिका हुन्–जसिता गुरुङ । पहिलो चलचित्रबाट नै जसिताको सुन्दरता, अभिनय र बोलीको निकै चर्चा भयो । नायक प्रदीप खड्कासँग अपोजिट भएर काम गरेकी जसिताका युकेमा बस्छिन् ।
चलचित्र लिलीबिली प्रमोसनको क्रममा प्रदीप र जसिताको प्रेमको चर्चा निकै हुने गरेको थियो । तर यी दुईले मिडियामा भने यो कुरालाई स्वीकार गरेका छैन्न्। यति बेला जसिता प्रदीपसँगको नयाँ चलचित्र ‘लभ स्टेसन’को लागी नेपाल आइपुगेकी छिन् । सोही क्रममा उनी गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘रोज’ हेर्न सोमबार कुमारी हल पुगेकी थिइन् । प्रदीपसँगै पुगेकी जसिताले चलचित्र हेरेपछि प्रदीपको अभिनयको तारिफ गरेकी थिइन् । क्राइम लभ स्टोरीमा रहेको चलचित्र हेरेपछि प्रदीपको नयाँ अवतार आफूलाई निकै मन परेको उनले बताइन् ।

सिनेपाटी

Leave a Reply

%d bloggers like this: