Sun. May 19th, 2024

काठमाडाैं ।
नेपाल प्रदर्शनमा दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ मिलेको फिल्म ‘लम्फू’ ले अब विदेश प्रदर्शनको तयारी थालेको गरेको छ । आइतवारबाट यो फिल्मको अमेरिकामा च्यारिटी शो सुरू भएको छ ।
हाल अमेरिकामा रहेका फिल्मका निर्देशक गोपालचन्द्र लामिछानेले पर्वत मोदी काली समाज अमेरिकाको सहयोगार्थ च्यारिटी शो हुन लागेको जानकारी दिए । च्यारिटी शोको बन्दोबस्त समाजका अध्यक्ष रुद्र गुरुङ, संस्थापक अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, महासचिव रमेश सुवेदी, सरोज पुरी लगायत संस्थाका सदस्यहरुले मिलाएका हुन् ।
बाल्टिमोरको बेलेर रोडस्थित होराइजन सिनेमा हलमा साँझ ७ बजे ‘लम्फू’ को च्यारिटी भएको हो । फिल्मका लागि टिकट मूल्य अमेरिकी १५ डलर राखिएको छ । यो फिल्म पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।
‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारीलगायतको अभिनय रहेको छ ।
यस फिल्ममा तरकारीवालीको नामले संसारभर प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: