Sun. May 19th, 2024

काठमाडाैं ।
अली अब्बास जफर निर्देशित फिल्म ‘भारत’ को सेटबाट सलमान खान र कैटरीना कैफको फर्स्टलुक सार्वजनिक गरिएको छ । सलमान आफैंले यो आफ्नो इन्स्टाग्राम एकाउन्टबाट शेयर गरेका हुन् ।
तस्विरमा सूट-बूट लगाएका सलमान जुँगामा देखिएका छन् र कैटरीना हरियो रंगको एम्ब्रोइडेड लहंगामा । दुईको तस्विर निकै सुन्दर देखिएको छ ।
इन्स्टाग्राममा शेयर गरेको १ घण्टामा ६ लाख बढीले सलमान-कैटरीनाको यो तस्विरमामा लाइक गरेका छन् । सलमानको फिल्म ‘भारत’ मा कैटरीना त्यो रोल गर्दैछिन् जुन प्रियंका चोपडाले गर्न इन्कार गरेकी थिइन् ।

Leave a Reply

%d bloggers like this: