Sun. May 19th, 2024

काठमाडौँ ।
बिना पारिश्रमिक नायक अनमोल केसीले बुटवलको कन्सर्टमा आफ्नो प्रस्तुती दिएका छन् । बुलवलसँगै अनमोलको कन्सर्ट अनमोल इभ पोखरा, चितवन र बिर्तामोड लगायतका शहरमा पनि आयोजना हुदै छ । शनिबार बुटवलमा आयोजना भएको ‘अनमोल इभ’ भव्यताका साथ सकिएको छ भने अव अन्य शहरहरु हुन बाँकी नै छ । झण्डै ७ हजार भन्दा बढि दर्शक सहभागी भएको बुटवलको कन्सर्टमा अनमोलसँग अनमोलका पिता भुवन केसी, नायिका तथा निर्देशक झरना थापा, नायिका प्रियंका कार्की पनि सहभागि भएका थिए ।
३ बजेबाट सुरु भएको बुटवलको कार्यक्रममा अनमोल करिब ८ बजेतिर स्टेज चढेका थिए । कन्सर्टमा अनमोलले गीत गाउँनु सँगै कृ को यती यती पानी बोलको गीतमा नाचे पनि ।
कार्यक्रमबाट उठेको रकमलाई आयोजक कम्पनी मोनिका इन्टरनेश्नल ग्रुपले नेपाल नेत्रहिन महिला संघलाई उपलब्ध गराउदै छ । त्यसैले पनि अनमोलले बिना पारिश्रमिक उक्त कन्सर्टहरुमा आफ्नो प्रस्तुती दिदै छन् ।

Leave a Reply

%d bloggers like this: