Sun. May 19th, 2024

भक्तपुर। गाईजात्राको पूर्वसन्ध्यामा गाईजात्रा शुरु भएको सङ्केतस्वरुप भक्तपुरमा आज साँझ सरकारी घिन्ताङ्घिसी नाच प्रदर्शन गरिएको छ ।
गाईजात्रा साउन शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट धुमधामले मनाइन्छ । भक्तपुरमा भने जनैपूर्णिमाको साँझ सरकारी घिन्ताङ्घिसी नाच प्रदर्शनसँगै गाईजात्रा शुरु भएको मानिन्छ ।
वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रा शुरु भएको जनाउ दिन गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी दरबारस्क्वायरस्थित बहटोलबाट घिन्ताङ्घिसी नाच निकालेको हो ।
यो नाच भक्तपुर दरबार स्क्वायरस्थित बहटोलबाट शुरु भई भक्तपुर नगरका दरबारस्क्वायर, बालाखु गणेश, चोछें, भुलाछें, महालक्ष्मी स्थान, थालछें, गछें, सूर्यमढी, दत्तात्रेय, गोलमढी, सुकुलढोका, टौमढी, नासमना, बंशगोल, इटाछें र खौमालगायत क्षेत्रको परिक्रमा गरी पुनःसुकुलढोकामा पुगेर समापन भएको हो ।
धाःबाजा, तःबाजा र धिमाय् बाजाको संयुक्त तालमा नाचमा सहभागीले हातमा लठ्ठी जुधाएर घिन्ताङ्घिसी नाच नाचिन्छ । कृष्णाअस्टमीको दिनसम्म मनाइने भक्तपुरको गाईजात्रामा प्रत्येक दिन साँझ विभिन्न टोलबाट घिन्ताङ्घिसी नाचसँगै विभिन्न व्याङ्ग्यात्मक नाटक एवं विभिन्न सांस्कृतिक नाचहरु प्रदर्शन गर्ने परम्परा छ । भक्तपुरमा गाईजात्रा आठ रात नौ दिनसम्म मनाइन्छ ।

Leave a Reply

%d bloggers like this: