Sun. May 19th, 2024

काठमाडाैं ।
सुपरस्टार अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् ।
जितका लागि गोल हान्न मैदानमा संघर्षरत एक फुटबल खेलाडीको अवस्थामा अनमोललाई चित्रण गरिएको छ । पोस्टरको ब्याकग्राउण्डमा उनी ११ नम्बरको जर्सीमा खेल मैदानतर्फ निहालिरहेका छन् ।
जर्सीमा उनको नाम ‘इशान’ लेखिएको छ । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्म ‘क्याप्टेन’ ले बोल्छ । फिल्मको आधिकारिक पोस्टर सार्वजनिक भएपनि प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन ।

Leave a Reply

%d bloggers like this: