Thu. May 2nd, 2024

काठमाडाैं ।
सञ्जय लीला भन्सालीको नयाँ फिल्म ‘इंशा अल्लाह’ मा सलमान र दीपिका पहिलो पटक सँगै देखिने पक्का भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । भन्सालीले यो फिल्मको स्क्रिप्टको काम सुरु गरिसकेका छन् र, स्क्रिप्टको काम पूरा हुन साथ उनी फिल्मको स्टार कास्ट घोषणा गर्ने तयारीमा छन् ।
‘इंशा अल्लाह’ फिल्मको वर्किङ टाइटल हो । सलमानले फिल्म ‘रेस ३’ को प्रमोसनको बेला नै उक्त फिल्ममा काम गर्न लागेको बताएका थिए । अचेल फिल्म ‘भारत’ मा व्यस्त उनलाई फिल्मको स्क्रिप्ट मन परेको छ ।
भन्सालीको ‘गोलियोंकी रासलीला रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ फिल्म गरिसकेकी दीपिकाले पनि ‘इंशा अल्लाह’ गर्ने लगभग पक्कापक्की भएको छ । २०२० सम्म फिल्म रिलिज हुन सक्नेछ ।
दीपिकाले आफ्नो अहिलेसम्मको करिअरमा सलमानसँग काम गरेकी छैनन् । उनलाई ‘किक’ र ‘सुल्तान’ अफर गरिएको थियो तर उनले दुवै फिल्म अस्विकार गरिन् । ‘पद्मावत’ पछि उनले कुनै फिल्म साइन गरेकी छैनन् ।

Leave a Reply

%d bloggers like this: