Fri. May 17th, 2024

काठमाडाैं । 
शुक्रवारबाट प्रदर्शनमा आएको चार नेपाली फिल्म मध्ये ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’ ले हलमा दर्शकको सुखद साथ पाएका छन् । शुक्रवार औषत रहेको तीन फिल्मको व्यापार शनिवार केही उच्च रह्यो ।
यौन मनोविज्ञानमा आधारित फिल्म ‘मिस्टर भर्जिन’, लभस्टोरी जनराको ‘ब्ल्याक’ र एक्सन प्याक्ड फिल्म ‘जय शम्भु’ लाई दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । कतिले राम्रो बोल्दा दर्शकको एक वर्गले कथावस्तुमा खोट लगाएका छन् ।
अन्य दुई फिल्मभन्दा मल्टिप्लेक्समा ‘मिस्टर भर्जिन’ कलेक्सनको मामलामा केही माथि देखिएको छ । सिंगलमा यो फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेको छैन । ‘ब्ल्याक’ र ‘जय शम्भु’ ले भने सिंगल थिएटरमा केही आशलाग्दो व्यापार गरेका छन् ।
तीन फरक जनराका फिल्म भएपनि हलमा १६/२० उमेर समुहका दर्शकहरु बढी देखिएका छन् । शनिवार तीनै फिल्मका कलाकारले राजधानीका विभिन्न हल पुगेर दर्शकसँग साक्षात्कार गरेका थिए ।
दिउँसो राजधानीको चाबहिलस्थित गोपीकृष्ण मुभिजमा ‘ब्ल्याक’ का लिड कलाकार आँचल शर्मा र आकाश श्रेष्ठ दर्शकसँग सेल्फी खिच्न व्यस्त देखिएका थिए । हलमा दुई अभिनेता-अभिनेत्रीको क्रेज खुब देखिएको थियो ।
‘मस्टिर भर्जिन’ का प्रमुख कलाकार गौरव पहारी, सृजना सृब्बाले पनि शनिवार दिउँसभर राजधानीका विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया बुझे । उता ‘जय शम्भु’ का लिड अभिनेता अनुप विक्रम शाही र अभिनेत्री वर्षा सिवाकोटी गोपीकृष्ण र अष्टनारायण हल पुग्दा दर्शक सेल्फी खिच्न तछाडमछाड गरिरहेका थिए ।
मल्टिप्लेक्समा बलिउडका दुई ठूला स्टारका फिल्म ‘सत्यमेव जायते’ र ‘गोल्ड’ का कारण नेपाली तीन फिल्म चेपुवामा परेका छन् । बलिउड फिल्मका कारण निर्माताले सर्वाधिक शेयर पाउने मल्टिप्लेक्समा ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’, ‘जय शम्भु’ २/४ शोमा सीमित छन् ।

फिल्मीखबर

Leave a Reply

%d bloggers like this: