Sun. May 19th, 2024

काठमाडाैं । 
अाउँदाे  साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र कायराको निर्माण युनिट हाल प्रमोसनको लागी देश दौडाहमा छ । प्रमोसनको क्रममा कायरा टिम शनिवार पोखरा पुगेको थियो ।चलचित्रका मुख्य दुई पात्र अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको उपस्थितिमा चलचित्र टिमले बाईक र्‍याली सहित प्रचारप्रसार गरेको हो । शनिवार गरिएको बाइक र्‍याली पश्चात् पोखरामा पत्रकार सम्मेलन गरिएको थियो ।
कार्यक्रममा बोल्दै अभिनेता आर्यन सिग्देल कायराले विशुद्ध प्रेम बोल्ने र दर्शकले यस रुचाउनु हुनेमा ढुक्क रहेको बताए । यता साम्राज्ञी भने आर्यनसँग काम गर्न पाउँदा रमाइलो र खुसी लागेको बताउँछिन् ।
आर्यन होम्स प्रोडक्सनमा निर्माण भएको चलचित्रमा लेखन आर्यन स्वयंमको रहेको छ । निर्देशन रिजालको लगानी रहेको चलचित्रमा आर्यन र साम्राज्ञी अलावा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । फिलिपिन्स र नेपालको रमणीय ठाउँमा छायाङ्कन गरिएको कायराको टे«लर सहित दुई गीत सुखमा र यो त माया हो सार्वजनिक गरिसकिएको छ ।

Leave a Reply

%d bloggers like this: