Mon. May 20th, 2024

काठमाडाैं ।
अागामी भदौ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’को पहिलो गीत सार्वजनिक भएको छ ।
‘प्रेम गीत, प्रेम गीत २’ जस्ता सफल चलचित्र निर्माण गरेका सन्तोष सेनको लगानीमा बनेको चौथो चलचित्र मेरी मामुको शीर्ष गीत शुक्रवार सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा कल्याण सिंहको सङ्गीत, रवि मल्लको शब्द रहेको छ भने स्वर रोहित जोन क्षेत्रीको रहेको छ । गीतमा चलचित्रका मुख्य कलाकार ७ वर्षीय बालक आयुव सेन फिचर छन् । आयुव निर्माता सन्तोष सेनका सुपुत्र हुन् । त्यस्तै भिडियोमा चलचित्रका नायक सारुक ताम्राकारको पनि अभिनय रहेको छ । सार्वजनिक गीतमा आमा र छोराको आत्मीयतालाई देखाउन खोजिएको छ ।
आशुसेन ब्यानरबाट बनेको चलचित्र ‘मेरी मामु’लाई यम थापाले निर्देशन गरेका हुन् । चलचित्र आयुब र सारुकको साथमा प्रेम गीत २ नायिका अश्लेषा ठकुरी, कुसुम गुरुङ, दुर्गा मल्ल लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: