Mon. May 20th, 2024

काठमाडाैं ।
 तीन यूवाको यौन मनोविज्ञानको कथामा बनेको चलचित्र ‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रका सम्पुर्ण कलाकार र केहि विशेष अतिथिहरुको उपस्थितिमा काठमाडौंको क्युज सिनेमामा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ३ मिनेट १० सेकेन्ड लामो ट्रेलरलाई उपस्थित अन्य कलाकार र पत्रकारले निकै रुचाएका थिए । यस अघी नै चलचित्रको टिजर र दुई गीत ‘टुल्कि’ र ‘पैसा फेक तमाशा देख’ बोलको आइटम गीतले निकै राम्रो प्रतिकृया पाईसकेको छ ।
वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विशारद बस्नेतले निर्देशन गरेका हुन् । कार्यक्रममा बोल्दै निर्देशकले केहि पृथक बिषयमा काम गरेको र दर्शकहरु हलसम्म आउनेमा ढुक्क रहेको बताए । चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको कथा\पटकथा विजय थापा, अजय पन्त, सन्तोष बोहोरा, हिरा लामा, कपिल खड्का, स्नेहा पौडेल, विशारत बस्नेत, महेश दवाडीको रहेको छ भने संवाद महेश दवाडीले लेखेका हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, आधा सुर, मिस्टर आर.जेको सङ्गीत रहेको छ ।
‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् । चलचित्र ‘मिस्टर भर्जिन’ यही भाद्र १ गतेबाट प्रर्दशनमा आउनेछ ।

Leave a Reply

%d bloggers like this: