Fri. May 17th, 2024

काठमाडाैं ।
चलचित्र ‘कस्मिक लभ’को औपचारिक निर्माण घोषणा गरिएको छ । शुक्रवार बिहान काठमाडौँको होटल अन्नपूर्णमा कार्यक्रम गर्दै चलचित्रको औपचारिक घोषणासँगै शुभ मुर्हत गरिएको थियो । चलचित्र ‘कस्मिक लभ’मा अर्पण थापा, प्रशान्त ताम्राकार, दिया मास्केको मुख्य भूमिका रहनेछ । चलचित्र यी तीन कलाकारको अलावा रविन तामाङ, राजाराम पौडेल, पुरन थापा, देव महर्जन र सागर खनालको मुख्य भूमिका रहेको छ । चलचित्रलाई बि.एस बलामी र एस अधिकारीले संयुक्तरुपमा निर्देशन गर्नेछन् भने मुभी मेकर्स प्रालीले निर्माण गर्ने भएको छ ।
रोमान्टिक, केडी र सस्पेन्स थ्रिलर जनरामा निर्माण हुन लागेको चलचित्रमा छायाङ्कन सुरेश बज्रचार्यको रहने छ भने बाबुले गिरीको सङ्गीत, बाबु साहेबको द्धन्द्ध, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन र विपन मल्लको सम्पादन रहने छ । चलचित्रको छायाङ्कन असार ११ गतेबाट औपचारिक रूपमा सुरु हुने छ ।

Leave a Reply

%d bloggers like this: