Sun. Jul 21st, 2024

काठमाडाैं । 
हिट सिरिज रेसको तेस्रो भाग रेस ३ शुक्रबारबाट  रिलिज भइसकेको छ। चलचित्रमा अभिनेत्री ज्याक्लिन फर्नाडिज र अभिनेता सलमान खानको जोडी देख्न सकिन्छ । तर रियल लाइफमा भने ज्याक्लिन हाल एक फिटनेस एक्सर्फटसँगको प्रेममा छिन् । बेलाबखत सार्वजनिक कार्यक्रममा ज्याक्लिन आफ्नो प्रेमीसँग पुग्ने गरेकी छिन् । भारतीय मिडिया अनुसार ज्याक्लिनलाई उनको प्रेमीले मुम्बईमा एक अपार्टमेन्ट समेत उपहार दिइसकेका छन् । तर यसअघिपनि ज्याक्लिन विभिन्न व्यक्तिसँगको प्रेमसम्बन्धको कारण चर्चामा आइसकेकी छिन् ।
आफ्नो करियरको सुरुवाती दिनमा ज्याक्लिन अरब देशका राजकुमार हसन बनि राशिद अलि खलीफाको प्रेममा थिइन् । एक पार्टीमा यी दुईको भेट भएको थियो तर जब ज्याक्लिनले हाउसफुल चलचित्र पाइन् तब उनीहरूको सम्बन्ध छुटेको भारतीय मिडियाले उल्लेख गरेको छ । त्यस्तै ज्याक्लिनको आफू भन्दा १५ वर्ष जेठो निर्देशक साजिद खानसँग अफेयरमा रहेको चर्चा पनि निकै चलेको थियो ।
ज्याक्लिन र अरबको राजकुमार बिच ब्रेकअप हुनुमा ज्याक्लिन र साजिदको बढ्दो सामिप्यता मानिन्छ । करियरको सुरुवातमा निर्देशक साजिदसँगको अफेयरले ज्याक्लिनलाई निकै फाइदा पुराएको थियो । सोही कारण उनले हाउसफुल र हाउसफुल २ मा काम गर्ने मौका पाइन् । हाउसफुल २ पछि बिहे गर्ने तयारीमा रहेका साजिद र ज्याक्लिनको २०१३ मा ब्रेकअप भएको थियो । यता सिद्धार्थ मल्होत्रासँग ज्याक्लिन प्रेममा रहेको खबरले केही समय बलिउड निकै तातेको थियो ।
यहाँसम्मकी आलिया भट्ट र सिद्धार्थको ब्रेकअपको कारण ज्याक्लिनलाई मानिएको थियो । सिद्धार्थ जस्तै ज्याक्लिनको नाम सलमान खानसँग पनि जोडिएको छ । सलमान र ज्याक्लिनले किकमा एक साथ काम गरेको थिए । सोही समयमा यी दुुई प्रेममा रहेको खबर बाहिरिएको थियो ।
सिनेपाटिबाट 

Leave a Reply

%d bloggers like this: