Mon. Apr 29th, 2024

काठमाडाैं ।
यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ टिम राजधानी फिरेको छ । चार दिनको मोफसल टुर भ्याएर कलाकार र निर्माण टिम काठमाडौं ब्याक भएको हो ।
पोखरा, बुटवल, चितवन, हेटौँडा, धरान र बिराटनगरमा फिल्मको विषयमा सञ्चारकर्मीहरुलाई जानकारी दिँदै कलाकारहरुले दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार पनि गरे । मोफसलका विभिन्न कलेज पुगेर कलाकारले विद्यार्थीलाई फिल्मको विषयमा जानकारी समेत दिएका थिए ।
निर्माता दालचन्द्र दवाडीले मोफसल टुर उपलब्धिमुलक बनेको बताए । दवाडीसँगै अभिनेत्री मलिना जोशी, अभिनेता मनिष सुन्दर श्रेष्ठ, नव-अभिनेत्री तमन्ना केसी, कार्यकारी निर्माता प्रकाश बाँस्कोटा, निर्देशक विकाश बस्याल सहितको टिम मोफसल यात्रामा निस्किएको थियो ।
यसको कथा निर्देशक आफैंले लेखेका हुन् । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।

Leave a Reply

%d bloggers like this: