Sun. Apr 28th, 2024

काठमाडाैं । 
व्यापारिक घराना चौधरी ग्रुपको सीजी इन्टरटेनमेन्टले फेरि फिल्म निर्माण गर्ने भएको छ । यसअघि यो कम्पनीबाट ‘भिसा गर्ल’ नामक फिल्म निर्माण भएको थियो ।
यो फिल्म बक्सअफिसमा असफल भएपछि लामो समय ब्रेक लिएको चौधरी ग्रुप पुनः नयाँ फिल्म निर्माणमा लागेको छ ।
फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, अहिले फिल्मका लागि कलाकार र निर्देशक छनौटको काम भइरहेको छ । लिड रोलमा युवा स्टार प्रदीप खड्कासँग विभिन्न चरणमा वार्ता भइसकेको छ । तर, प्रदीपले फिल्म साइन भने गरिसकेका छैनन् ।
उनको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै चौधरी ग्रुप उनमाथी लगानी गर्न इच्छुक देखिएको छ । यस्तै, निर्देशकमा दुई व्यक्तिको नाम चर्चा छ ।
‘फूलै फूलको मौसम तिमीलाई’ का निर्देशक दिनेश डिसी र ‘जात्रा’/’शत्रु गते’ फेम निर्देशक प्रदीप भट्टराई मध्ये एकले फिल्मको निर्देशन गर्नसक्ने स्रोत बताउँछन् ।
डिसी पछिल्लो समय चौधरी ग्रुपसँग निकै नजिक छन् भने निर्देशक प्रदीपले केही दिन अगाडि वरुण चौधरीसँग भेट गरेका छन् ।
उनले आफ्नो भेट फिल्मका लागि नभएको फिल्मीखबरसँगको कुराकानीमा बताए । फिल्मका गीतमा राजनराज सिवाकोटीले संगीत भर्ने बुझिएको छ ।
 
फिल्मीखबरबाट 

Leave a Reply

%d bloggers like this: