Thu. Mar 28th, 2024

काठमाडाैं । 
हाम्रो देश तथा समाजमा ठूलाबडा तथा नेताहरु निकै सामन्ती चरित्रका हुन्छन् । तर नेदरल्याण्डका प्रधानमन्त्रीले हालै जे काम गरे, त्यसले दुनियाँका सबै राजनीतिज्ञलाई सोच्न बाध्य बनाइदिएको छ ।
प्रधानमन्त्री मार्क रुट हातमा कफीको कप समातेर संसद् बैठक कक्षतर्फ प्रवेश गर्दैथिए । अचानक एउटा भित्री ढोकामा ठोक्किए र उनको हातमा रहेको कप भुइँमा खस्यो र सबै कफी भुइँमा पोखियो । प्रधानमन्त्रीजस्तो मान्छेले चाहे जहाँ कफी पोखोस् त्यो कुनै ठूलो अपराध थिएन । उनले संसद् भवनको सफाइमा घटिने कामदारलाई कफी पोखिएको भुइँ सफा गर्न तत्कलै आदेश दिनसक्थे वा कफी पोखिएको कुरालाई नजरअन्दाज गर्न सक्थे ।
तर उनले त्यसोे गरेनन् । सबैलाई आश्चर्यमा पार्दै प्रधानमन्त्री भुँइ सफा गर्ने मोप मगाए र आफैंले मोप छोपेर भुँइमा लतार्दै कफी पोखिएको ठाउँ सफा गरे । प्रधानमन्त्रीले यसो गरिरहँदा त्यहाँ उपस्थित सफाइ मजदुरहरुले ताली बजाइरहेका थिए । उनीहरु हर्षले गदगद देखिन्थे, किनकि प्रधानमन्त्रीले उनीहरुको कामको सम्मान गरिरहेका थिए ।
जुन ४ मा एकजना डच कुटनीतिज्ञले ट्वीटरमा अपलोड गरेको यो भिडियो अहिले विश्वभर चर्चित बनिरहेको छ । कतिपयले डच प्रधानमन्त्रीले यो कार्य एक उत्कृष्ट नेतृत्वको उदाहरण भएको बताएका छन् ।
 
अनलार्इनखबरबाट 

Leave a Reply

%d bloggers like this: