Fri. May 3rd, 2024

काठमाडाैं । 
सुपरस्टार अनमोल केसीको लिड रोल रहने नयाँ फिल्मको नाम तय भएको छ । मिलन चाम्सले निर्देशन गर्न लागेको फिल्मको नाम ‘ब्याचलर बन्टी’ जुराइएको छ । यो नाम आइतबार चलचित्र विकास बोर्डमा दर्ता समेत गरिएको छ ।
महँगो पारिश्रमिक लिएर यस फिल्ममा अनुबन्ध भएका अनमोलको अपोजिटका लागि नायिकाको छनौट भने भइसकेको छैन । ३ करोड बढीको लागतमा निर्माण हुने यो फिल्मको छायांकन अधिकांश विदेशीभूमीमा हुनेछ ।
अनमोल अहिले आफ्नो छैठौं फिल्म ‘क्याप्टेन’ मा व्यस्त छन् । यसपछि उनले झरना थापाले निर्देशन गर्ने ‘ए मेरो हजुर ३’ को सुटिङ ज्वाइन गर्नेछन् र त्यस लगत्तै मिलनको यस फिल्मलाई समय छुट्याउने तालिका छ ।
‘ब्याचलर बन्टी’ को कथा प्रदीप भारद्धाजले लेख्दैछन् । ‘ए मेरो हजुर ३’ रिलिजको ठिक ६ महिनापछि मात्र यो फिल्म प्रदर्शनमा आउनेछ । उक्त फिल्मलाई मिलन र ‘लिलिबिली’ निर्माता सुदिप खड्काले संयूक्त रुपमा निर्माण गर्नेछन् ।

Leave a Reply

%d bloggers like this: