Tue. May 14th, 2024

काठमाडाैं ।
“कहाँ छाै कहाँ ” , ” संसार अाफ्नै ” , ” काे परार्इ ” र ” लिलि बिलि ” जस्ता सुपरहिट चलचित्र निर्माण गरिसकेकाे ब्यानर काफिया फिल्मस् ले अाफ्नाे पाँचाैं फिल्म निर्माणकाे घाेषणा गरेकाे छ । दरबार मार्गकाे वुडल्याण्ड हाेटलमा अायाेजित पत्रकार सम्मेलन , फिल्म निर्माण घाेषणा र लिलि बिलिले पार गरेकाे ५१ दिनकाे खुसियाली कार्यक्रममा फिल्मका  निर्माता गाेविन्द शाहीले यसबारे जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा जानकारी गरार्इ अनुसार काफिया फिल्मस् अब बजारमा अाफ्नाे पाँचाै फिल्म ” लब स्टेशन ” लिएर बजारमा अाउँदै छ ।फिल्ममा गाेविन्द शाहीसँगै उज्वल घिमिरे र गाेविन्द शाहीका छाेरी काफिया , क्रिसु र  छाेरा  कबीर जंग शाही पनि निर्माताका रूपमा रहेका छन् ।
उज्वल घिमिरेले निर्देशन गर्ने तय भएकाे यस फिल्मकाे लेखन सुवास सिंह बस्नेतले गरेका छन् । यस फिल्मका लागि भनेर तय भएका एक मात्र कलाकार नायक प्रदिप खड्का हुन् । याे फिल्म नाम अनुसार अामा र छाेरीकाे मायामा अाधारित हुने नायक प्रदिप खड्काले बताए ।
अहिलेसम्म  एक जना मात्र कलाकार तय भएकाे यस फिल्मकाे राेचक पक्ष के छ भने सुटिङ हुने डेट तय नभए पनि यसकाे रिलिज डेट भने अागामी फागुन २४ गतेलार्इ ताेकिएकाे छ ।
 

Leave a Reply

%d bloggers like this: