Fri. May 3rd, 2024

काठमाडाैं । 
दुनियाँको सबैभन्दा महंगो फल के होला ? कसैले खरबुजा भन्यो भने तपाइँले ठाउँका ठाउँ गिज्याउनु वा झपार्नु हुन्छ होला । खरबुजा दुनियाको सबैभन्दा महंगो फल भनेर सायदै कसैले पत्याउला । तर जापानमा चाहीँ दुई गेडा खरबुजाले दुनियाँकै महंगो फलको रुपमा आफूलाई प्रमाणित गरेका छन् ।
जापानमा हालै खरबुजाको लिलामी भएको छ । उक्त लिलामीका दौरान दुईवटा विशेष खरबुजा ३१ लाख भन्दा धेरै मूल्यमा बिकेका छन् ।
युबरी नामले चर्चित ती खरबुजा उत्तरी होक्काइडोको साप्पोरो सेन्ट्रल होलसेल मार्केटमा रहेको एक स्थानीय फलफूल प्याकिंग कम्पनीले यति महंगोमा खरीद गरेको हो ।
जापानमा खरबुजाको लिलामी बेलाबेलामा भैरहन्छ । तर विगतमा प्रिमियम खरबुजा बढीमा १५ हजार सम्ममा बिक्ने गरेको थियो ।
तर पछिल्ला युबरी खरबुजाको एक जोडी २९ हजार ३ सय डलर अर्थात् करीब ३१ लाख ६० हजार रुपैयाँ बराबरको मूल्यमा बिक्री भएका हुन् ।
स्मरण रहोस् जापानमा खरबुजालाई सम्मानसँग जोडेर हेरिन्छ । युबरी खरबुजालाई त्यहाँ मानिसको प्रतिष्ठाको प्रतिकको रुपमा लिइन्छ । मानिसहरु प्रियजन तथा साथीहरुलाई उपहार दिनका लागि पनि युवरी खरबुजाको प्रयोग गर्दछन् । खरबुजाको आकार र त्यसको सुन्दरताले अझै धेरै महत्व राख्दछ । यसकारण पूर्णरुपमा गोलो खरबुजा निकै धेरै मूल्यमा बिक्री हुन्छ । साथै खरबुजाको वजनले पनि मूल्यको हकमा महत्त्व राख्दछ ।
अनलार्इनखबरबाट 

Leave a Reply

%d bloggers like this: