Wed. May 8th, 2024

काठमाडाैं । 
शुक्रवारदेखि तीन नेपाली फिल्म प्रदर्शनमा आएका छन् । जनक पाण्डे निर्देशित फिल्म ‘बेबि आई लभ यू’, प्रवेश पौडेलको ‘अमेरिका बोइज’ र सफल केसी/प्रतिक प्रतीक गुरुङ निर्देशित ‘हरी’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् ।
सन्तोष खड्गी, पूजा तिवारी, सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थीलगायतको अभिनय रहेको ‘बेबि आई लभ यू’ लाई सुरज आचार्यले खिचेका हुन् ।
लिची इन्टरटेन्मेन्ट प्रा.लि.को ब्यानरमा शिव न्यौपाने निर्मित उक्त फिल्ममा सिर्जना परियार र दुर्गा पाण्डे सह–निर्मातामा रहेका छन् । यो पूर्ण रुपमा लभस्टोरी जनरामा निर्माण भएको फिल्म हो । फिल्मले सन्तोष र पूजाबीचको प्रेम र विछोडको कथा बोल्छ ।
फिल्म ‘अमेरिका बोइज’ मा अर्पण थापा, कामेश्वर चौसारिया, सन्दिप क्षेत्री, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिष प्रसाई, श्रृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलियालगायतको अभिनय छ ।
यस्तै, सस्पेन्स कमेडी विधामा बनेको फिल्म ‘हरी’ मा बिपिन कार्की, थिन्ले ल्हामो, सुनिता श्रेष्ठ ठाकुर, कमलमणि नेपाल, लक्ष्मी बर्देवा, लोकनाथ आचार्यलगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: