Thu. May 2nd, 2024

काठमाडाैं ।
प्रेममा मानिसहरु पागल हुन्छन् भन्ने भनार्इ पुरानै हाे । तर  कतिसम्म पागल हुन्छन् भन्ने कुरा अमेरिकाकी एक युवतीले प्रमाणित गरेकी छिन् ।
पहिलो डेटिङपछि एक युवकको प्रेममा पागल भएकी युवतीले एकतर्फी प्रेममा परेर ती युवकलाई एक वर्षको अवधिमा ६५ हजार मेसेज पठाइन् । उनले पठाएका कतिपय मेसेजहरु निकै अनौठा तथा धम्कीयुक्त पनि थिए ।
एरिजोनाको फोनिक्सकी बासिन्दा ३१ वर्षीया ज्याकलिन एडेसलाई प्रहरीले गत मे ८ मा पक्राउ गर्यो । उनीमाथि धम्क्याएको, दुव्र्यवहार गरेको तथा आक्रमणको प्रयास गरेको लगायत अभियोग छ ।
आफूमाथिको अभियोगका विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले आफूलाई ती पुरुषसँग डेटिङ गएपछि साँचो जीवनसाथी भेटेको र अब बिहे गरेर घरबार गर्नुपर्ने सोँचाई आएको बताइन् । उनले लक्जी नामक अनलाइन डेटिङ साइटमा ती पुरुषसँग चिनजान गरेर डेटिंग गएकी थिइन् ।
आफूले उक्त पुरुषलाई निकै माया गर्ने र आफूलाई कुनै स्वार्थ नरहेको उनले बताइन् ।
तर उनले पठाएका कतिपय मेसेजहरु निकै आपत्तिजनक थिए । जसमा उनले लेखेकी थिइन्, मलाई छाड्ने कोसिस नगर… मारिदिन्छु… म हत्यारा बन्न चाहन्नँ… आदि ।
साथै उनले आफू नयाँ हिटलर भएको र पुरुषको रगतले नुहाउन चाहेको भन्ने खालका मेसेज पनि पठाएकी थिइन् ।
गत वर्षदेखि उनले दिनमा ५ सय वटासम्म मेसेज पठाउने गरेकी थिइन् । तर गत महिनादेखि उनी निकै उग्र बनिन् ।
एकदिन उनी एक्कासी ती पुरुषको घरभित्र छिरेर उनको बाथटवमा नुहाइन् । साथै उनले पुरुषको अफिसमा गएर आफू उनको पत्नी रहेको बहाना पनि पारिन् ।
अनलार्इनखबरबाट

Leave a Reply

%d bloggers like this: