Thu. May 9th, 2024

काठमाडाैं । 
फिल्म छायाँकनको लागि भन्दै वीना अनुमति नक्कली नोट छापेका फिल्म ‘चङ्गाचेट’ का निर्माता माधव वाग्ले प्रहरी थुनामा रहेका छन् । राष्ट्र बैंकले वाग्लेकाे साथबाट पाएकाे  नोट नक्कली भएको पुष्टि गर्दै कानुन बमोजिम कारबाही गर्न सिफरिस गरे लगतै प्रहरीले मुद्धा दायर गरि प्रक्रिया अगाडी बढाएकाे बताइएकाे छ । नोट प्रकरणमा राष्ट्र बैंकले प्रहरीलाई नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ६१, ९५ र ९६ बमोजिम कारबाही गर्न भनेकाे थियो ।
यसै क्रममा सोही प्रकरणमा काठमाडौंको दक्षिण भेग फर्पिङबाट एक युवक नक्कली नोट सहित पक्राऊ परेका छन् ।
हजारको दुई नक्कली नोट सहित प्रहरीले पक्राऊ गरिएको बुझिएको हो । ती युवकले प्रहरी बयानमा पनि माधव वाग्लेकै समूहका मान्छेबाट नक्कली नोट पाएको बताएको बुझिएको छ ।
२ करोड ६० लाख ६३ हजार नक्कली नोट सहित ६ जनालाई गत जेठ २ गते नै पक्राऊ गरिएको हो । यसै क्रममा फर्पिङबाट थप एक जनालाई पक्रिएको हो । यो घटना पछि बजारमा अझै नक्कली नोट हुन सक्ने आशंका गरिएको छ । यस तर्फ सचेत हुन प्रहरी सबैको ध्यानकर्षण गराईएको छ ।

Leave a Reply

%d bloggers like this: