Sat. May 18th, 2024

काठमाडाैं ।
स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि जितेको छ ।  एट्लेटिकोले फेञ्च क्लब मार्सेलीलाई ३–० गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।  एट्लेटिकोले पछिल्लो ९ वर्षमा तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो ।
ग्रिजम्यानले २१ मिनेटमा  गोल गरेर एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ४९ मिनेट ग्रिजम्यानले दोस्रो गोल गर्दा एट्लेटिको २–० गोलले अघि बढ्यो ।  खेल सकिन एक मिनेट बाँकी छदा एट्लेटिकोका कप्तान गाबीले तेस्रो गोल गरे ।
एट्लेटिकोले सन् २०१० र २०१२ मा पनि युरोपा लिगको उपाधि जितेको थियो । योसँगै एट्लेटिकोले सर्वाधिक उपाधि जित्ने अर्को स्पेनिस क्लब सेभिल्लाको रेकर्डसँग बराबरी गरेको छ ।

Leave a Reply

%d bloggers like this: