Sun. May 19th, 2024

काठमाडाैं । 
सहिद स्मारक ‘ए’ डिभिजन पाँच वर्षपछि यो वर्ष आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज १३ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने घोषणा गरेको छ ।
यसअघि एन्फाले पटक पटक आयोजना गर्ने घोषणा गरेपनि हुन सकेको थिएन । कर्मा छिरिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै ए डिभिजन लिग आयोजनाको मिति छिट्टै तय गर्ने घोषणा गरेको थियो ।
सोही घोषणा अनुरुप राष्ट्रिय टोलीका पूर्व खेलाडी एवंम् नेपाल पुलिसका पूर्व एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा लिग कमिटी गरेको थियो । सोही कमिटीले १४ ए डिभजन क्लबका पदाधिकारीसँगको पटक पटकको छलफल पछि लिग आयोजनाको मिति तय भएको बताइएको छ । एन्फा मुख्यालयमा बसेको कमिटिको बैठकले असोज १३ गतेबाट ‘ए’ डिभिजन लिग सुरु गरेर माघ १६ गते सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
लिग कमिटिले एउटा टोलीले कम्तीमा १८ खेलाडी दर्ता गर्नु पर्ने र बढीमा ३५ खेलाडी राख्न पाउने प्राबधान राखेको छ । लिगमा एउटा टोलीले ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने र एकपटकमा मैदानमा ३ खेलाडीलाई उतार्न पाउनेछन । खेलाडी दर्ता प्रक्रिया भदौ १५ बाट सुरु हुने बताइएको छ ।
ए डिभजन लिग २०७० सालयता हुन सकेको छैन । राष्ट्रिय लिगको पछिल्लो पटक २०७२ मा आयोजना भएको थियो । यसपटकको ‘ए’ डिभिजन लिगमा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा रुस्लान थ्री स्टार क्लब, लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब छन् ।
त्यस्तै फ्रेन्डस् क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, सरस्वती युवा क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज क्लब हिमालयन शेर्पा क्लबले ए डिभिजनमा प्रतिस्पर्धा गर्नेछन् । च्यासल र एनआरटी ‘बी’ डिभिजन बाट पछिल्लो पटक एमा बढुवा भएका थिए ।

Leave a Reply

%d bloggers like this: