Mon. May 6th, 2024

काठमाडाैं । 
बार्सिलाेनाका अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीले अाफु कहिलै पनि क्रिस्टियानो रोनाल्डोसँग प्रतिस्पर्धामा नउत्रिएको बताएका छन् । स्पेनमा अायाेजना भएकाे एक कार्क्रममा मिडियाकाे सामु मेसीले यस्ताे अभिव्यक्ति दिएका हुन् ।
‘म रोनाल्डोसँग प्रतिस्पर्धा गर्दिनँ । म सँधै घरेलु लिग र च्याम्पियन्स लिग जित्ने प्रयासमा हुन्छ,’ उनले भनेका छन्, ‘र म ला लिगा र च्याम्पियन्स लिग एकसाथ जित्न चाहान्छु ।’
आफुले सँधै राम्रो गर्ने प्रयास गरेको र को उत्कृष्ट ? भन्ने विषय आफ्ना लागि महत्वपूर्ण नरहेको उनको भनाई छ । ‘म आफैलाई उत्कृष्ट बनाउनका लागि प्रतिस्पर्धा गर्छु । मैले क्लबबाट यो सिजन जति जितेको छु ती महत्वपूर्ण छन्,’ उनले भनेका छन्, ‘म राष्ट्रिय टोलीबाट केही जित्न चाहान्छु । जुन अहिलेसम्म सकेको छैन ।’

Leave a Reply

%d bloggers like this: