Sat. Apr 27th, 2024
नेपाली चलचित्र  ‘फाटेको जुत्ता’को पहिलो गीत सार्वजनिक भएको छ । ‘आई एम सरी…’ बोलको गीतमा सौगात मल्ल र प्रियंका कार्की फिचरिङ छन् । गीतमा प्रवेश मल्लिकको स्वर, शब्द र संगीत छ । निरज कँडेलले खिचेको गीतमा राजीव समरको कोरियोग्राफी रहेको छ । अर्जुन कुमार फिल्मसको व्यानरमा तयार भएको ‘फाटेको जुत्ता’लाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।
 फिल्ममा प्रियंका र सौगातका अलावा वुद्धि तामाङ, कामेश्वर चौरासिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारको अभिनय छ । ‘फाटेको जुत्ता’मा अष्ट महर्जनको एक्सन, दिर्घ खड्काको सम्पादन र निरोज महर्जनको लेखन छ । कमेडी जनराको यस फिल्ममा निकेश खड्काको निर्देशन छ ।फिल्म कात्तिक १७ गतेबाट अल नेपाल  प्रदर्शनमा आउन लागेको छ।
https://www.youtube.com/watch?v=OIPqHOP_GiA

Leave a Reply

%d bloggers like this: