Sat. May 4th, 2024
प्रकाश आङदेम्बे निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ । मस्टर्डसिड अन्तराष्ट्रिय फिल्म फेस्टिभल अमेरिकामा छनौट भएको छ । अमेरिकाको पेन्सलभिनियास्थित फिलाडेल्फिया सिटीमा हुने तीन दिने फेस्टिभलमा ‘देश खोज्दै जाँदा’ नेपालबाट एक मात्र प्रतिनिधि हुनेछ । फिल्म अगस्त १९ , शनिबार बिहान प्रदर्शन हुने निर्देशक प्रकाश आङदेम्बे जानकारी दिए ।
 फिल्मको प्रदर्शनमा नेपालबाट आर्ट डिरेक्टर पल्हाद गुरुङ सहभागी हुनेछन् । फेस्टिभलमा भारत, बंगलादेश, पाकिस्तान, इजिप्ट, अमेरिका, बेलायत, क्यानडा लगायतका मुलुकका फिल्म प्रदर्शन हुने आयोजकले जनाएको छ । यसअघि ‘देश खोज्दै जाँदा’ ‘दादा साहेब फिल्म फेस्टिभल’को टप ७ सम्म पुगेको थियो ।
 यस्तै, फिल्मले दिकर्निस कलेज अफदि आर्टस वासिङटन–अमेरिका, युनिभर्सिटी अफतास्मानीया–अष्ट्रेलिया, दबार्टन सेनियर कलेज साउथ अष्ट्रेलिया, बफेलो स्टेट युनिभर्सिटी– दिअन्ने फ्रांकप्रोजेक्ट २०१५–न्युयोर्क, स्यामुल मेरिट युनिभर्सिटी, क्यालिफोर्निया, सोफिएन्डल स्कोल सोफिएन्डलवेज–डेन्मार्क, विन्डसेइम अनर्स कलेज ज्वले–नेदरल्यान्ड, बर्चफिल पेन्नी आर्ट सेन्टर–दिअन्ने फ्रांक प्रोजेक्ट २०१७ न्युयोर्क जस्ता युनिभर्सिटी र फिल्म फेस्टिवलहरुमा सहभागीता जनाइसकेको  छ ।नेपालमा भाद्र  ८ गते बाट अल नेपाल रिलिज हुदै छ  ।

Leave a Reply

%d bloggers like this: