Tue. Apr 23rd, 2024

चलचित्र “लिलिबिली”को बारेमा बजारमा आएको हल्ला निराधार गलत रहेको र चलचित्र लिलिबिलीको लागी अनमोल के सी र प्रदिप खड्काको बिषयलाइ लिएरआएको समाचार प्रति फिल्म लिलिबिली टिमले घोर भर्सना गरेको छ l चलचित्र लिलिबिलीको स्क्रिप्ट मात्र प्रदिप खड्कालाइ भनेर लेखेको सम्बन्धित स्रोतले जनाएको छ l अहिले प्रदिप खड्कासंग पारिश्रमिकको बारेमा छलफल भैरहेको फिल्म निर्माण पक्षले बताएको छ खड्काको डिमाण्ड ३० लाख र थाइल्याण्ड,म्यान्मारको राइट रहेको छ भने लिलिबिली टिमले २५ लाख र थाइल्याण्ड,म्यान्मारको राइट दिन तयार भएको जनाएको छ यसैमा अहिले छलफल भैइरहेको र प्रदिप खड्का फिल्म खेल्ने फिक्स नभएको लिलिबिली निर्माता टिमले बताएको छ lप्रदिप खड्कासंग फिल्म लिलिबिलीको बारेमा एक बर्ष पहिला देखि नै कुरा हुदै आएको हो भने अनोमोल के सी संग यस बिषयमा कुनै पनि कुरा नभएको अधिकारिक स्रोतले मनोरंजनसंसार डटकमलाइ बताएको छ l
निर्देशक मिलन चाम्सले नयाँ फिल्म ‘लिलिबिली’ निर्माण घोषणा गरे लगतै फिल्म लिलिबिलिले चर्चा पायो । ‘लिलिबिली’ वर्किङ टाइटल हो ।फिल्म ‘लिलिबिली’को सम्पुर्ण छायांकन लन्डन र स्कटल्यान्डमा हुनेछ । निर्देशक मिलन चाम्स लोकेशन जांचको लागि लन्डन प्रस्थान गरेको र चाम्स नेपाल आइसके पछी मात्र फिल्मको शुटिंग मिति र कलाकार सार्बजनिक गर्ने फिल्म निर्माण पक्षले जानकारी गराएको छ l

Leave a Reply

%d bloggers like this: