Sat. May 18th, 2024
सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘पञ्जेबाजा’को बिहीवार राजधानीमा एक कार्यक्रमका शुभ मुहूर्त गरिएको छ । काठमाण्डौको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो ।
 निउ भेनस फिल्मस्को प्रस्तुतीमा बन्न लागेको यो फिल्ममा सौगात मल्ल, कर्मा, जस्मिन श्रेष्ठ र श्रृजना सुब्बाको मुख्य भूमिका हुनेछ । न्यु भेनसको प्रस्तुतिमा निर्माण हुन लागेको यस फिल्मलाइ काफिया फिल्म्स प्रा.लि .ले वितरण गर्ने भएको छ ।  एक गाउँको कथामा पञ्चेबाजा निर्माण हुन लागेको फिल्मका निर्देशक घनश्याम लामिछानेले जानकारी दिए ।
 राजेश शाहीको लगानीमा निर्माण हुने फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद छ भने कालिप्रसाद बाँस्कोटा र विकास चौधरीको संगीत रहनेछ । निर्देशक लामिछानेका अनुसार, कर्मा र जस्मिनको प्रेममा सौगात भिलेन बनेर प्रस्तुत हुनेछन् ।

Leave a Reply

%d bloggers like this: