Fri. May 3rd, 2024

हेमराज वीसी निर्मित तथा निर्देशित फिल्म  शुक्रवारबाट देशभरका हलहरुमा प्रदर्शन हुन लागेको’ ग्याङ्गस्टर ब्लूज’को बुधवार भव्य प्रिमियर काठमाडौंको केएल टावरमा रहेको एफक्यूवमा गरिएको छ । चलचित्रकर्मी, पत्रकारहरुको बाक्लो उपस्थितीमा फिल्मको प्रिमियर गरियो ।
प्रिमियरमा पुगेका अधिकांशले फिल्म उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । हेमराज वीसी निर्मित तथा निर्देशित फिल्मको कथावस्तु, प्रस्तुती, ब्याकग्राउन्ड म्यूजिक, गीत संगीतलाई रुचाइएको छ । फिल्मका मुख्य कलाकार आशिरमान देशराज श्रेष्ठ र आना शर्माको केमेष्ट्रीले पनि राम्रो प्रशंसा पाएको छ ।
यस्तै, संयम पुरी, प्रमोद अग्रहरी, रोजिशा शाही ठकुरी लगायतका कलाकारहरुको पनि कामको तारिफ भयो । नायिका प्रियंका कार्की, नायक आयुष्मान देशराज श्रेष्ठ, नायिका सुरविना कार्की, नायिका रिमा विश्वकर्मा, नायिका आश्मा डिसी, मिस नेपाल नीकिता चन्दक लगायत ‘ग्याङ्गस्टर ब्लूज’ हेर्न हलमा पुगेका थिए ।
प्रिमियरमा बाढीबाट पीडितका लागि ग्याङ्गस्टर ब्लूज टिमले १ लाख नगद सहयोग गर्ने घोषणा गरेको छ । यस्तै, शुक्रवार पोखरामा हुन लागेको च्यारिटीबाट संकलन भएको सम्पुर्ण रकम बाढी पीडितलाई प्रदान गरिने फिल्मका निर्माता सरोज न्यौपानेले जानकारी दिए ।
लगातार एकपछि अर्को सफल फिल्म पस्किरहेका निर्देशक हेमराज वीसीले निर्देशन गरेको नयाँ फिल्म ‘ग्याङ्गस्टर ब्लूज’का कार्यकारी निर्माता मनिष पण्डित हुन् भने फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी निर्माताको रुपमा रहेका छन् ।ग्याङस्टारको कथामा बनेको यो फिल्ममा विशेषगरि, अभिनेत्री आना शर्मा र अभिनेता आशिरमानको प्रेम देखाइएको छ । प्रेमले निम्त्याएको ग्याङस्टार अवतारमा यो फिल्म बनेको छ ।

Leave a Reply

%d bloggers like this: