Sat. Apr 20th, 2024

चर्चित उपन्यास ‘समर लभ’ माथि बन्न लागेको फिल्म ‘समर लभ’को छायाँकन शुरु  भएको छ । सोमवार कीर्तिपूरमा लेखक सुविन भट्टराईले नरिवल फुटाएर फिल्मको शुभ मुहूर्त गरेका थिए । फिल्म ‘समर लभ’लाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । यसअघि उनले ‘नाई नभन्नू ल ४’ निर्देशन गरेका थिए ।काठमाडौं, पोखरा, धनगढीसँगै फिल्मको छायाँकन नर्वेमा पनि हुनेछ । नर्वेको छायाँकन भने दशैंपछि गर्ने निर्देशक ढकालले जानकारी दिए । अल्लारे पाठकले अत्यधिक रुचाएको उपन्यासबाटै सामीप्यराज तिमल्सेनाले पटकथा लेखेका हुन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा बनाउन लागिएको ‘समर लभ’ का चर्चित जोडी साया र अतीतको भूमिकामा नयाँ कलाकारलाई डेब्यु गराइएको छ ।

पुस्तकका मुख्य पात्र अतीतको भूमिका आशिष पिया र सायाको भूमिका रेवती क्षत्रीले निर्वाहा गर्दैछन् । यस्तै, सुस्मिताको भूमिकामा नायिका नम्रता सापकोटा, किरणको भूमिकामा शिशिर भण्डारी, प्रतिक्षाको भूमिकामा अभिषा खनाल, अनुको भूमिकामा इन्दू भण्डारी र विद्याको भूमिकामा पुर्णिमा थापाले अभिनय गर्नेछन् । नेपालमा ३५ दिनसम्म अतीत र सायाको प्रेम र तड्पाईका दृश्य खिचिनेछ ।
पुष्पन प्रधानको संगीत रहने फिल्मको संवाद भने सुबिन र सामीप्यले संयुक्त रूपमा तयार पारेका हुन् । फिल्मका कार्यकारी निर्माता विनोद अधिकारी छन् भने लगानीमा सपन सरकार, ईन्दु भण्डारी र मनु बिकले साझेदारी गरेका छन् ।

Leave a Reply

%d bloggers like this: