Fri. May 3rd, 2024

कुनै पनि चलचित्रको व्यापारसँगै त्यसले केही नै केही प्रभाव पारेको हुन्छ । चलचित्रको व्यापार आफैमा चलचित्र क्षेत्रका लागि नै सुखद कुरा हो । त्यसमाथि, करोडौ लगानी गरेर चलचित्र बनाउने निर्माताले सुखद सास फेर्न पाउनु आफैमा सकारात्मक कुरा हो ।शुक्रबारबाट रिलिज भएको चलचित्र ‘प्रेमगीत २’को आक्रामक ओपनिङले केही कुराहरुको संभावना देखाएको छ । जसले नेपाली चलचित्र क्षेत्रलाई फाइदा मिल्नेछ ।दर्शकहरुको अथाहा माया पाएको सो  चलचित्र लाइ दर्शकले  पाँच पटक सम्म हेरेको पाइएको छ ,फिल्मले सात दिनमा ४ करोड ४० लाख को व्यापार गर्न सफल भएको छ l
यो चलचित्रको व्यापारसँगै नेपाली चलचित्रले एउटा स्टार पाएको छ । ‘प्रेमगीत’बाट उदाएका नायक प्रदिप खड्का यो चलचित्रसँगै स्टारको रुपमा दहरिएका छन् । इनिसियल रुपमा हलमा दर्शक तान्न सक्ने स्टारडम उनमा देखिएको छ । जुन पावर नेपालमा नायक अनमोल केसीमा मात्र देखिएको थियो ।यो चलचित्रले एउटा ब्यानरलाई पनि स्थापित गरिदिएको छ । आशुसेन फिल्मस् एउटा राम्रो ब्यानरको छवि बनाउन सफल भएको छ, जसले निर्माण गरेका आगामी चलचित्रलाई पनि यही छविले फाइदा दिन सक्छ ।यो चलचित्रले निर्माता सन्तोष सेनलाई चलचित्र क्षेत्रमा प्रभावशाली निर्माताको स्थानमा ल्यादिएको छ । ‘चंखे शंखे पंखे’मा लगानी गरेर सफलताको स्वाद नपाएका सन्तोषले ‘प्रेमगीत’बाट सफलतासँगै धेरै कुरा वुझ्ने मौका पनि पाएका थिए । यो चलचित्रसम्म आइपुग्दा उनी नेपाली चलचित्रका प्रभावशाली निर्माताको रुपमा दहरिएका छन् ।
चलचित्रको मेकिङमा कञ्जुस्याँइ नगर्ने हो भने, दर्शकले पनि पत्याउनेछन् भन्ने यसको व्यापारले प्रमाणित गरेको छ । निर्माताको रुपमा कुनै पनि कञ्जुस्याँइ नगरेका निर्माता सेनले त्यसको प्रतिफल अहिले पाइरहेका छन् ।दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै प्रदर्शन भैरहेको चलचित्र ‘प्रेमगीत २’ले चलचित्र क्षेत्रमा फेरि एकपटक सुखद अनुभुती गराएको छ । दर्शक हलसम्म आउँदैनन् भन्ने सोचलाई यसले तोडेको छ । यसैले, ‘प्रेमगीत २’ को व्यापारिक फ्याक्टरले नेपाली चलचित्र क्षेत्रलाई नै धेरै फाइदा दिएको छ ।

Leave a Reply

%d bloggers like this: