Sat. May 4th, 2024

देवकुमार श्रेष्ठ निर्देशित नेपाली फिल्म ‘ह्याप्पी न्यु ईयर’को हालैमा रिलिज डेट र टीजर सार्वजनिक गरिएको छ । अस्ट्रेलियामा सम्पूर्ण छायाँकन गरिएको यो फिल्ममा अंग्रेजी नयाँ वर्ष २०१८ को अवसर पारेर पुष १४ गते (२९ डिसेम्बर)मा रिलिज हुने निर्माता रती थापाले जानकारी दिए । सार्वजनिक फिल्मको टीजरमा अष्ट्रेलियाका रमणीय दृश्यहरु कैद गरिएको छ ।
लभस्टोरी कथामा निर्मित यो फिल्ममा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्ममा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ । एप्पल इन्टरटेनमेन्टका मनोज अधिकारी लाइन प्रोड्युसरका रुपमा रहेका छन् ।
https://www.youtube.com/watch?v=2dAj4i1AMzA

Leave a Reply

%d bloggers like this: