Thu. Apr 25th, 2024

कात्तिक २ गते अर्थात्, लक्ष्मीपुजाको दिनलाई रिलिज कन्फर्म गरिएको फिल्म ‘रुद्रप्रिया’को पहिलो गीत रिलिज भएको छ । निर्माण पक्षले फिल्ममा समाबेश लोक लयको ‘मेरो माया छ भने’ बोलको गीतको भिडियो बुधवार सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको संगीत छ भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ । यस्तै, गीतमा गायक तथा संगीतकार सिवाकोटीकै शब्द र राजन इशानको एरेञ्ज छ ।
रेखाले ‘मेरो माया छ भने’ बोलको भिडियो निर्माण गर्न एक हप्ता लागेको जानकारी दिइन् । उनले भनिन्, ‘रुद्रप्रियाको यो गीतमा निकै दुःख गरेका छौं । फिल्मको झण्डै आधा बजेट हामीले यो गीतमा खर्चिएका छौं ।’ यो गीतको भिडियो बन्दिपुरमा भब्य सेट तपार पारेर खिचिएको हो । उनका अनुसार, यो गीत खिच्न १५ लाखभन्दा बढी खर्च लागेको छ ।
भिडियोमा रेखा थापा, आर्यन सिग्देल र राजन इशान फिचरिङ छन् । आर्यन रेखालाई ‘माया भए’ रुमाल चिनो माग्दैछन् भने रेखा आर्यनसँग औंठी चिनो माग्दैछिन् । सञ्जय लामाले आकर्षक तरिकाले भिडियो खिचेका छन् । झण्डै ८ वर्षपछि पर्दामा फर्किएका आर्यन र रेखाको केमेष्ट्री पनि गज्जबको देखिन्छ । गीतका कोरियोग्राफर प्रविन सिंह हुन् ।

Leave a Reply

%d bloggers like this: