Sat. May 4th, 2024

प्रदर्शन हुन केहि  दीन मात्र बाँकि रहँदा देशका प्रमुख शहरहरु सायद २ मय  भएका छन ।  धरान, ईटहरी, चितवन, बुटवल, नेपालगंज र धनगढि लगायतका प्रमुख शहरहरुमा सायद २ मात्र देख्न सकिन्छ । खासगरि युवा पुस्ताका दर्शकहरुले सायद २ को रिलिज मितीलाई व्यग्र प्रतिक्षा गरिरहेका छन । चलचित्रको प्रमोशनमा निर्माण टिम आफ्नो हिसावले लागि परिरहह्दा अहिलेसम्म नदेखिएको नेपाली फिल्मी क्षेत्रमा अचम्मका दृश्य देखा परेका छन् ।

हरेक शहरका चोक चोक गल्ली गल्लीमा सायद २का फ्लायर र पोस्टरहरु देख्न सकिन्छ । सामाजिक सञ्जाल पनि सायद २ मय बनेका छन । प्रोफाइलमा सायद २ को लोगो अंकित गर्ने देखि लिएर ट्रोल ट्रेण्डिङमा पनि सायद २ एक नंबर सावित भएको छ । प्रदर्शन मिती नजिकिदै गर्दा प्रायः निर्माता निर्देशकको मुटुको धड्कन पनि बढ्ने गर्छ तर निर्मात सुनिल रावल भने ढुक्क देखिन्छन । प्रचारको यो उचाईकै कारण सायद २ दुर्गिस फिल्मसको ब्राण्ड बनिसकेको उनको बुझाई छ । त्यसो त सायद २ ब्लकबस्टर फिल्म सायदको सिक्वेल हो । शुसिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे लगायतका कलाकारको अभिनय रहेको सायद २ लाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन ।फिल्म शायद -२ असार ३० मा अल नेपाल रिलीज हुदैछ /

Leave a Reply

%d bloggers like this: