Wed. May 1st, 2024
 नायिका निशा अधिकारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकरसँग बिबाह  गरेकी छिन् ।  विवाह कार्यक्रममा निशा र शरदका सिमित आफन्तहरु मात्र उपस्थित छन् भने चलचित्रकर्मीहरुको पनि उपस्थिती निकै न्यून छ ।
 नायिका निशा रातो बेहुलीको भेषमा सजिएकी छिन् भने शरदपनि ढाकाको दौरा सुरूवालमा चिटिक्क परेका छन् । उनीहरुले लामो समयदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । केही दिन अगाडि फिल्मीखबर डटकमले निशा र शरद असारको दोस्रो हप्ता विवाह गर्न लागेको खबर प्रकाशन गरेको थियो ।
 समाचारमा यो पनि उल्लेख गरिएको थियो कि नायिका निशालाई भेट गर्न शरद चितवनमा छायांकन भैरहेको ‘पोखराकी कान्छी’को सुटिङ सेटमा पुगेका थिए । निशाले ‘पोखराकी कान्छी’को बाँकी सुटिङ विवाहपछि गर्ने भन्दै काठमाडौं फर्किएकी थिइन् ।
नायिका निशा अधिकारी गएको वर्ष आफू अभिनित फिल्म ‘जय परशुराम’रिलिजताका अमेरिका पुग्दा शरदसँग ब्रेकअप भएको हल्ला चलेको थियो । शरद र निशालाई धेरै पटक हात समात्दै सिनेमा हेर्न हल पुगेको देखि होटलमा सँगै डिनर गरेका तश्वीरहरु यसअघि नै मिडियामा आइसकेका छन् ।
 ब्रेकअपको हल्लापछि भने यी दुई एकसाथ मिडियाको क्यामेरामा कैद भएका थिएनन् । केही दिन अगाडि मात्र यो जोडी स्वामी आनन्द अरुणको जन्मदिनको अवसरमा ओशो तपोवन पनि पुगेका थिए । विगत ८ बर्षदेखि एक अर्कालाई चिन्दै आएका नीशा र शरदको प्रेम सम्बन्ध गाँसिएको भने ५ बर्ष भयो । नीशा र शरदले आफ्ना आफन्तहरुलाई मात्र बोलाएर बिबाह गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: