Sun. May 5th, 2024

चलचित्र सायद -२ ले फिल्मको रिलिज डेट नजिकदै गर्दा प्रोमोशनलाइ तिब्र रुपमा अगाडी बढाएको छ l भर्खरै मात्र प्राप्त रिपोर्ट अनुसार फिल्मको प्रचार प्रसार टोलि अहिले काठमान्डूको टोल टोलमा ,गल्लि गल्लीमा र चोक चोकमा फिल्मको प्रचार प्रसार गर्दै हिडिरहेको छ l हातमा फिल्मको ब्रसर  लिएर सर्ब साधारण लाइ बाट्दै गरेको दृश्य हामि देख्न सक्छौ l हामीले कुनै राजनीतिक पार्टीले यसरि प्रचार प्रसार गरेको त देखेका थियौ तर फिल्मको पब्लिसिटी यसरि गर्ने सम्भवत: सायद-२ टिम पहिलो हुन सक्छ l विभिन्न शैलीमा सायद -२ ले आफ्नो पब्लिसिटी गरिसकेको छ कहिले कन्सर्ट प्रोग्राम त कहिले स्कुल /कलेज धाउने देखि फेसबुक प्रोफाइल ,मिडिया कभरेज सबै पुरा गरिसकेको देखिन्छ l फिल्मको प्रचारलाई सम्पुर्ण नेपाली दर्शकसम्म पुग्ने विभीन्न माध्यम अपनाएको हो ।फेसवुक, युटुयव, अनलाईन, पत्रपत्रीका जताततै राम्रै पव्लीसिटी गरेपनी चलचित्र टिमले दर्शकलाई प्रत्यक्ष भेटेर फिल्मको वारेमा जानकारी गराउन सुरु गरेको हो ।सधै भिन्न तरिकाले प्रचार प्रसार गरि सतप्रतिशत फिल्मलाई सफल वनाएर देखाउने पावर भएका निर्माता कोही हो भने उनि सुनिल रावल हुन ।सायद अब सायद -२ असार ३० मा रिलिज हुदै छ भन्ने मा कोहि पनि अनविज्ञ छैन होला l फिल्म सायद- २ असार ३० बाट अल नेपाल प्रदर्शन हुने बारे सबै लाइ जानकारी भैसकेको छ l

फिल्म सायद-२ प्रेमकथामा आधारित चलचित्र हो । सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, रुविना श्रेष्ठलगायतका कलाकार अभिनित चलचित्रलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन् ।सुनिल रावलसँगै इश्वर श्रेष्ठ र सुभाष लामिछानेको समेत निर्माण रहेको चलचित्रमा राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन र अष्ट महर्जनको एक्सन हेर्न सकिन्छ ।
 

Leave a Reply

%d bloggers like this: