Sat. May 4th, 2024

आउँदो शुक्रबार अर्थात् जेठ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’ सेन्सर पास भएको छ । सेन्सरले यो रिभेञ्ज लभ स्टोरी फिल्मलाई प्रमाण पत्र उपलब्ध गराएको छ । फिल्ममा नायिका छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंहको मुख्य भूमिका रहेको छ । अब रिलिज हुन३ दिन मात्र बाकी रहदा डायरी टिम एकदमै उत्साहजनक तरिकाले फिल्मको प्रोमोसंन मा लागिएको देखिन्छ अनिल योञ्जन निर्देशित फिल्म ‘डायरी’ को ट्रेलर लाइ दर्शकले एकदमै रुचाएका छन् ।
रिभेञ्ज लभ स्टोरीमा निर्माण भएको फिल्म ‘डायरी’मा डेब्यू सन्नी सिंह छुल्ठिमको अपोजिटमा देखिएका छन्। ‘डायरी’मा रेखा थापा पहिलो पटक खलपात्र, भिलेनको भूमिकामा रहेकी छन्।छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त निर्माण रहेको ‘डायरी’को पोष्ट प्रोडक्शनको काम सकेर अहिले डायरी टिम प्रोमोसनको तयारीमा रहेको निर्देशक योञ्जनले जानकारी दिएका छन् ।गीतसंगीत तथा ट्रेलरको हिसाबले फिल्मले दर्शक माझ आफ्नो पहिचान स्थापित गरिसकेको छ । शिवराम श्रेष्ठको छायांकन रहेको यस फिल्मलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्।

Leave a Reply

%d bloggers like this: