Sun. May 5th, 2024

 

नेपाली फिल्म उद्योगमा  नया पुस्ताको प्रवेश ह्वात्तै बढेको छ भन्दा फरक नपर्ला l एक्टिंगमा संघर्स गर्दै फिल्म बजारमा प्रतिस्पर्धा गर्नेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ l सबैको चाहना वा सपना हुन्छ सफलता प्राप्त गर्ने तर कमै कलाकारले त्यो सौभाग्य हासिल गर्दछन l फिल्म क्षेत्रमा धेरै संघर्ष पार गर्दै आफ्नो प्लेस बनाउने कलाकार मध्ये एक हुन् राजु लामा l कलाकार राजु लामा नेपाली फिल्म इनडसट्रीमा उदाउदा कलाकार हुन् l चलचित्र होस्टेलबाट नेपाली फिल्ममा इन्ट्री मारेका लामाले होस्टेल पछि फिल्म डायरीमा डेनीको पात्रमा आफुलाई सशक्त रुपमा एउटा प्ले बोयको भूमिकामा उतारेका छन् l उनले अभिनय गरेको फिल्म ‘डायरीआउँदो शुक्रबार अर्थात् जेठ ५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । फिल्ममा छुल्ठिम गुरुङ , सन्नी सिंह ,रेखा थापासंगै राजु लामाको अभिनय लाइ पनि देख्न सकिन्छ । अनिल योञ्जन निर्देशित फिल्म ‘डायरी’ को ट्रेलरलाइ दर्शकले एकदमै रुचाएका छन् । पछिलो समय दर्शक को मन जितेका लामा अहिले फिल्म डायरीको प्रोमोसनमा व्यस्त रहेका छन् l मोसन फिल्ममा आउनु अघि एक्टर लामाले थुप्रै लघु चलचित्रमा अभिनय गरिसकेका थिए l फिल्मको विभिन्न विधामा अनुभव बटुलिसकेका राजु लामाले अभिनय देखि फिल्म डीसट्रीब्युसन् सम्ममा अबबल क्षेत्र बनाएका छन् l


Leave a Reply

%d bloggers like this: