Sat. May 4th, 2024

सामाजिक सञ्जाल युटुबले जेठ १२ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हिटलर’ को गीतको भ्यू घटाइदिएको छ । फिल्म ‘हिटलर’ को ‘जब सम्म’ बोलको गीतको भ्यू २ लाख नाघेको थियो तर अहिले तपाईले हेर्नुभयो भने ७१ हजार मात्र छ ।नेपालमा सायद यो पहिलो पटक हुनसक्छ,
युटुबमा साढे २ लाख भ्यू भएको गीत दिन प्रतिदिन बढ्नुको सट्टा झन घट्न थालेपछि यसको निर्माणपक्ष यतिबेला चकित भएको छ ।
गीतको भ्यू कम देखाउँदा चलचित्रको प्रचारमा समेत अप्ठ्यारो परेको र आफुहरुले बारम्बार युटुबमा यसको बारेमा जवाफ सोधेको निर्देशक सौरभ ढकालले जानकारी दिए । सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्र कमेडी लभस्टोरी कथामा बनेको छ । चलचित्रको फेसबुक आइडी समेत खोल्न यसको निर्माणपक्षले नामकै कारण पाएन । आखिर किन यस्तो भयो त ? जर्मनका क्रुर शासक ‘हिटलर’को नामसँग मेल खान गएकाले युटुबले यो फिल्मको गीतमा मनपरी गरिरहेको हो ।सामाजिक सञ्जाल युटुबले जेठ फिल्म ‘हिटलर’ को गीतको भ्यू घटाइदिदा निर्माण पक्षलाइ आपति परेको छ l
https://www.youtube.com/watch?v=e5Hxvo7wV24&t=37s

Leave a Reply

%d bloggers like this: