Tue. Apr 23rd, 2024

दर्शकहरुको बहुप्रतिक्षित नेपाली चलचित्र‘ग्याङस्टार ब्लुज’ को टिजर सार्वजनिक भएको छ ।लभ स्टोरीको संघारमा ग्यांगफाईटलाइ विशेष प्रथामिकतामा राखेर टिजर प्रस्तुत गरिएको छ l फिल्म‘ग्याङ्गस्टर ब्लूज’को सम्पूर्ण छायाँकन सकिए लगतै टिजर रिलिज गरिएको हो ।हेमराज विसी निर्देशित फिल्म ‘ग्याङ्गस्टर ब्लूज लाइ निर्माता सरोज न्यौपानेले फिल्मको सम्पूर्ण छायांकन सकेर निर्माण टोली राजधानी फर्किंएको बताएका छन् । आना शर्मा र आशिरमान देशराज जोशीको मुख्य भूमिका रहेको फिल्म भदौ २ गतेदेखि प्रदर्शनमा आउँदैछ ।आना र आशिरमानसँगै फिल्ममा संयम पुरी, प्रमोद अग्रहरी र रोजिशा शाही ठकुरी मुख्य भूमिकामा छन् ।टिजरमा नव नायक आशिरमान देशराज जोशीको एक्सन पक्षलाई अब्बल रुपमा प्रस्तुत गरिएको छ भने साथमा नायिका आना शर्मासँगको लभ सिक्वेन्सलाई पनि देखाइएको छ ।

Leave a Reply

%d bloggers like this: