Sat. May 18th, 2024

चलचित्र ‘लाल्टिन’को ट्रेलर सार्वजनिक भएको छ । जेठ २६ गतेलाई रिलिज डेट फाइनल गर्दै ट्रेलर सार्वजनिक गरिएको हो l दयाहाङ राई र प्रियंका कार्कीको लिड रोल रहेको फिल्म ‘लाल्टिन’ को सस्पेन्स ट्रेलरमा रोमान्स, खुसि, पिडा र एक्सन दृश्य समावेश रहेका छन् । ट्रेलरबाट दयाहाङ राईलाई डनको भूमिकामा देखाईएको बुझ्न सकिन्छ । भानु प्रतापको प्रस्तुतीमा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा दया र प्रियंका कार्कीका साथै केकी अधिकारी, अर्जुन जंग शाही, ए गुरुङ, शिशिर भण्डारी, मेलिना मानन्धर, राम केशर बोगटी, जनक बर्तौला, भानु प्रताप लगाएतको अभिनय रहेको छ ।भानुप्रतापको प्रस्तुतिमा तयार फिल्ममा सुजील कर्माचार्यको पाश्र्व संगीत, विनोद ढकाल, किरण माइकल र डिजराज पौडेलको संगीत सुन्न सकिन्छ। हरि घले लामाले खिचेको फिल्मलाई अर्जुन जिसी र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्। किरण माइकल र भानुप्रतापको संयुक्त लेखन रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी छ । यो फिल्मले एक्सन, कमेडी, रोमान्स, सामाजिक र क्राइमको बिषयलाई उठान गरेको छ । ट्रेलरमा फिचरिङ नायिका प्रियंका कार्कीलाई ठमेलको एक डान्स बारमा नृत्य गरेको देखि नव-नायक निर्जन थापासँग बेडमा रोमान्स गरेको देख्न सकिन्छ भने नायक दयाहाङको भूमिका सस्पेन्स छ ।

Leave a Reply

%d bloggers like this: