Sat. May 18th, 2024

चलचित्र’प्रेमगीत २’ ले टाइटल गीत ‘कहानी यो प्रेमगीत को’ ‘कभर गीत प्रतियोगीता’ आयोजना गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण कम्पनी आशुसेन फिल्मसले युट्युबमा सार्वजनिक गरिएको ‘प्रेमगीत २’ को टाइटल गीत ‘कहानी यो प्रेमगीत को’ हिट बनेपछि ‘कभर गीत प्रतियोगीता’ आयोजना गरेको हो । रोहित जोन क्षेत्री र श्रेया सोताङको आवाज रहेको गीतमा अमृत मरहठ्ठाको शब्द र कल्याण सिंहको संगीत रहेको छ । ‘कभर गीत प्रतियोगीता’ को घोषणा गर्दै फिल्मका निर्देशक रामशरण पाठकले विश्वको जुनसुकै ठाउँबाट प्रतियोगीहरुले ‘प्रेमगीत २’ को शिर्ष गीत ‘कहानी यो प्रेमगीत को’ गाउन सक्ने बताए । उनले भने, ‘प्रतियोगीहरुले गाउँदा जुनसुकै म्यूजिकल इन्स्टुमेन्ट, भिडियो रेकडिङ डिभाइसेस वा हाईलाईट्सको युट्युब च्यानलमा उपलब्ध लिंक म्यूजिकल ट्रयाकलाई डाउनलोड गरि प्रयोग गर्न सक्नेछन् ।’ उनका अनुसार, प्रतियोगीहरुले गाएको भिडियो यही बैशाख १८ असार २० गतेसम्म युट्युबमा अपलोड गरिसक्नु पर्नेछ । र, यसको लिंकसहित व्यक्तिगत विवरण (aasusenfilm@gmail.com) मा पठाउनु पर्नेछ ।
फिल्मका निर्माता सन्तोष सेनले नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्न ‘कभर गीत प्रतियोगीता’ सुरु गरेको बताए । उनले ‘कभर गीत प्रतियोगीता’ को विषयमा थप जानकारी दिँदै भने, ‘प्रतियोगीहरुले पठाएको भिडियोलाई आशुसेन फिल्मसले असार ३० गतेदेखी हाईलाईट्सको युट्युब च्यानलमा अपलोड गर्नेछ । हाईलाईट्स नेपालको अफिसियल युट्युब च्यानलमा अपलोड भएको भिडियोको मात्र भ्यूज गणना हुनेछ । प्रतियोगीहरुले साउन २५ गतेसम्म आफ्नो भिडियोको प्रचार प्रसार गरि भ्यूज बढाउन सक्नेछन् । विजेताको घोषणा भने भाद्र १ गते भव्य कार्यक्रमका बीच गर्नेछौं ।’
निर्माता सेनले दिएको जानकारी अनुसार, प्रतियोगीहरुबाट प्राप्त भिडियो हाईलाईट्सको अफिसियल युट्युब च्यानलमा अपलोड भएपछि आशुसेन फिल्मसले यसको लिंक सम्बन्धित प्रतियोगीहरुलार्ई पठाउनेछ । युट्युब भ्यूजबाट १० जना र निर्णायक मण्डलले वाइल्ड कार्डबाट दिने ५ सहित जम्मा १५ जना प्रतियोगीहरु अन्तिम चरणमा पुग्नेछन् । छानिएका प्रतियोगीहरुले आफ्नो गायन कला प्रस्तुत गर्नु पर्नेछ र निर्णायक मण्डलकै आधारमा एक जना पुरुष र एक जना महिलालाई विजेता घोषणा गरिनेछ । विजेताले जनही १/१ लाख पाउनेछन् भने आशुसेन फिल्मसले निर्माण गर्ने अर्को प्रोजेक्टमा गीत गाउने अवसर पनि प्राप्त गर्नेछन् ।फिल्मको रिलिज डेट भने श्रावण १३ गतेलाई फिक्स गरिएकोछ l

Leave a Reply

%d bloggers like this: