Mon. May 6th, 2024

फिल्म रिलिजको पूर्ण तयारीमा रहेको चलचित्र ‘कारखाना’को टीमले अफिसियल प्रदर्शन मिति तय भए लगतै फिल्मको प्रोमो वैशाख २५ मा रिलिज गर्ने तयारी भएको छ l सुशिल श्रेष्ठ र बर्षा शिवाकोटी स्टारर फिल्म ‘कारखाना’को फिल्म भने असार १६मा रिलिज हुने पक्का भएको छ l
फिल्म ‘कारखानामा लिड कलाकार सुशिल र बर्षाको प्रेमभाव झल्किन्छ भने फिल्मको यसअघि सार्वजनिक ‘मायाले बोलेको’ बोलको गीत दर्शक श्रोतामा लोकप्रिय भइसकेको छ । फिल्मलाइ अमरदिप सापकोटाले निर्देशन गरेका हुन् ।गोविन्द शाहीले फिल्मको वितरण जिम्मा लिएका छन् ।लगानीमा दिप खड्का, राजेन्द्र केसी, अम बज्राचार्य र सुर्याश खड्काले साझेदारी गरेका छन् फिल्ममा बर्षा र सुशिलसँगै जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायत लिड अभिनयमा छन् भने दयाराम दाहाल, सुशिल पोख्रेल र निर्देशक स्वयमको पटकथा तथा संवाद जोडिएको फिल्मलाई निरज कंडेलले खिचेका हुन् । विहे मण्डपबाट भागेकी एक नारीले भोग्नु परेको जीवन भोगाईको कथा फिल्मको मुल विषयवस्तु हो ।फिल्मको गितले लोकप्रियता पाए यता सुशिल र बर्षाको जोडीलाई एकदमै रुचाइएको छ l

Leave a Reply

%d bloggers like this: