Thu. May 2nd, 2024

नेपालि चलचित्र क्षेत्रमा हेरक पटक नया र प्रतिभावान कलाकारलाई डेभ्यु गराउन सफल निर्माता सुनिल रावल अर्थात दुर्गिश ब्यानर द्वारा निर्मित चौथो चलचित्र हो सायद २ l सार्बजनिक भएको छोटो समयमै लाखौ पटक हेरिएको छ l चलचित्र सायद २ को ट्रेलर सार्वजनिक भएको छोटो समयमा नै लोकप्रियता हासिल गरेको छ lफिल्ममा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना, सोभित बस्नेत, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की, रुबिना श्रेष्ठ, बुद्धि लाल मगर, लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।अघिल्लो फिल्म सायद, सायद-२ र होस्टेल रिटर्न भन्दा सबै पक्षबाट यो फिल्मलाई अझ उत्कृष्ट बनाएको निर्माता सुनिलले बताए भने फिल्मका सबै मुख्य कलाकारले आफ्नो कामलाई दर्शकले मन पराउनेमा आफु ढुक्क रहेका बताएका छन् l उक्त चलचित्रका निर्माता सुनिल रावल संगै ईश्वर श्रेष्ठ र सुवास लामिछाने हुन् । त्यस्तै फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् भने सो चलचित्र आउँदो असार ३० बाट देशभर प्रदर्शन गरिदै छl

Leave a Reply

%d bloggers like this: