Fri. May 17th, 2024

नेपालभरि रहेका फिल्म हल संञ्चालकहरुको छाता संगठनका रुपमा चिनिने नेपाल चलचित्र संघ फिल्म क्षेत्रकै सबै भन्दा पूरानो संस्था हो । यो संस्था २०१३ सालमा स्थापना भएको हो ।गत दुइ महिना अगाडी हेटौंडामा सम्पन्न नेपाल चलिचत्र संघको ४२ औँ साधारण सभाबाट सर्वसम्मत अध्यक्षमा चयन हुनु भएका निर्माता प्रदीप उदयले ७ बैशाख,बिहीवार पदभार ग्रहण गर्नु भएको छ । संघको कार्यालय विशालनगरमा आयोजना भएको समारोहका बीच निवर्तमान अध्यक्ष नकिम उद्दिनबाट पद तथा गोपनियताको शपथ खाँदै प्रदीप उदयले आफ्नो पदभार ग्रहण गर्नु भएको हो।पदभार ग्रहण गरेपछि आफ्नो मन्तव्य राख्दै उदयले आफ्नो कार्यकालमा चलचित्र उद्योगलाई व्यवसायिक, मर्यादित र सम्मानित बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो। ‘नेपाली चलचित्रसँग आबद्ध सम्पूर्ण संघ संस्थाहरुसँग मिलेर नेपाली चलचित्रक्षेत्रलाई मर्यादित बनाउनतर्फ मेरो पहल कदमी रहनेछ भनेर पनि प्रतिबद्दता जाहेर गर्नुभयो । हामीले एकअर्काको अस्तित्व स्वीकार गर्न नसकेकै कारण चलचित्र क्षेत्र माथी उठ्न नसकेको भनेर आफ्नोगुनासो पनि राख्नु भयो भने बक्सअफिस पनि अस्तित्व स्वीकार गर्न नसकेकै कारण लागु हुन नसकेको उहाको भनाई थियो । साथै अहिले नेपाली चलचित्रमा बढ्दै गएको आर्कषण र लगानी उपलब्धिमूलक बन्ने पनि बताउनु भयो।

Leave a Reply

%d bloggers like this: