Mon. Apr 29th, 2024

फिल्म ‘ए मेरो हजुर २’ को शिर्ष गीति भिडियो नेपालको युट्युव  नम्वर वान ट्रेडिङ्गमा पर्न  सफल भएको छ । आइतबार राती अपलोड गरिएको भिडियोले  २ दिन मा ७ लाख भ्युअर्स कलेक्सन गरी  भिडियो नम्वर वान ट्रेन्डिङमा परेको छ -शिर्ष गीतमा कल्याण सिंहको संगीत, डा.कृष्णहरी बरालको शब्द तथा सुगम पोखरेलको स्वर छ । रेनशा वान्तवा राईको कोरियोग्राफी रहेको भिडियोलाई संजय लामाले खिचेका छन् भने कस्ट्युम डिजाइन युवी थापाको छ । अभिनेत्री झरना थापाको डेव्यु निर्देशक रहेको फिल्म ‘ए मेरो हजुर २’ मा साम्राज्ञी राज्य लक्ष्मी शाह र नव नायक सलिनमान बनियाँ मुख्य जोडीको रुपमा प्रस्तुत भएका छन् । गीत रिलिज भएसँगै साम्राज्ञी र सलिनको जोडीलाई रुचाइएको छ । फिल्मप्रति दर्शकको प्रतिक्षा थप बढेको छ । सुनिल कुमार थापाको निर्माण रहेको फिल्म भदौ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

Leave a Reply

%d bloggers like this: