Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
चैत्र ११ गते प्रदर्शन मिति तय गरेको चलचित्र “लप्पन छप्पन” को यति बेला निकै चर्चा भईरहेको अवस्था छ । चलचित्र निर्माणको बेला देखि नै यस चलचित्रको चर्चा चुलिएको थियो । त्यस पश्च्यात जब चलचित्रको छायांकन सकिएर ट्रेलर सार्वजनिक भयो चलचित्रको चर्चा अझै माथि पुग्यो । चलचित्रले युटुबमा एक किसिमले तहल्का नै मच्च्यायो । दर्शकहरुको कमेन्टले युटुब भरियो सबैले अधिक सम्भावना बोकेको चलचित्रको उपनाम “लप्पन छप्पन” लाई दिए । यस्तै चलचित्रको गीत संगीत पनि बाहिरियो जसलाई दर्शकहरुले अत्याधिक मनपराए ।
lappan-chappan
यति बेला चलचित्रको केहि दिन अगाडी मात्र सार्वजनिक भएको “लैजाऊ माया पोको पारेर” बोलको गीतले औधि चर्चा बटुलिरहेको छ । गीत सार्वजनिक भएको ५ दिन नबित्दै गीतले करिव ५ लाख भिवर्स पाइसकेको छ । यस्तै यो गीतले यति बेला युवा माझमा अधिकतम चर्चा पाइरहेको छ । दीपक आर.जे को शब्द संगीत र निश्चल बस्नेतको स्वरमा सजिएको गीत यति बेला धेरै जसो ठाउँमा सुन्न सकिन्छ । यस्तै चलचित्रले आफ्नो गीतको जुकेबक्स पनि सार्वजनिक गरेको छ । अहिलेको दर्शकहरुलाई बिशेष लक्षित गरेर निर्माण गरेको गीत संगीत पनि चलचित्रको अब्बल पक्षे हो । यस्तै चलचित्रको अर्को अब्बल पक्षेमा चलचित्र भित्रको दृश्य पनि पर्दछ । चलचित्रको बहुसंखिक भाग युरोपका प्रसिद्ध देशहरु बेल्जियम , स्विजरल्याण्ड , नेदरल्याण्ड , फ्रान्स , लग्जम्बर्गमा छायांकन गरिएको छ । यस हिसाबले चलचित्रमा दर्शकहरुले बिदेशका विभिन्न रमणीय दृश्यहरुको आनन्द समेत प्राप्त गर्न सक्नु हुनेछ ।
lappan-chappan
चलचित्रको निर्देशन मुकुन्द भट्टले गरेका छन् । बिगत ३ बर्ष देखि नेपाली चलचित्रलाई सुक्ष्म तरिकाले अध्ययन गरेर युवा सक्षम तथा अनुभवी चलचित्रकर्मीहरुको टिम बनाएर नेपाली चलचित्र क्षेत्रलाइ एउटा सफल चलचित्र दिने जमर्कोको साथ युवा निर्देशक मुकुन्द भट्ट अगाडी आएका छन | लामो समय देखिको उनको मेहेनत चलचित्र भित्र स्पष्ट रुपले देखिएको छ । चलचित्रको प्रस्तुति यति अब्बल हुनुमा उनको ठुलो हात रहेको छ । उनले पाएको निर्देशनको जिम्मेवारीलाई उनले सहि ढंगले बखुबी निभाएका छन् । चलचित्र निकै नै राम्रो बनेको र दर्शकहरुले चलचित्रबाट भरपुर मनोरंजन प्राप्त गर्नुहुने विश्वास उनले ब्यक्त गरेका छन् । आफुले मेहेनतका साथ राम्रो चिज दर्शकहरुको माझमा पेश गरेको र अब सबै कुरा दर्शकहरुको हातमा नै रहेको कुरा पनि उनले उल्लेख गरेका छन् ।
lappan-chappan
गोल्डेन हिल्स पिक्चर्स र बाशुलीङ फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई , सौगात मल्ल , अर्पण थापा , वर्षा शिवाकोटी , नव नायक प्रकाश जंग शाह र सिड खरेल , देवु श्रेष्ठ , राजु लामा लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । यस चलचित्रमा छायाँकार पुरुषोतम प्रधान , सम्पादक सुरेन्द्र पौडेल , साउण्ड डिजाइनर उत्तम न्यौपाने , ब्यागग्राउण्ड इम्माम बिक्रम शाह , कलरिस्ट राजेन्द्र मोक्तन रहेका छन् । चलचित्रमा चन्द्र पन्त को द्वन्द समावेश रहेको छ | चलचित्रको निर्माता डम्बर चन्द हुन् । यस्तै उनलाई सह निर्माता इन्द्र प्रसाद खरेल तथा कार्यकारी निर्माता सहदेव गौतमले साथ दिएका छन् । चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनु भएको छ ।
lappan-chappan
हेर्नुस गीत :

हेर्नुस जुकेबक्स :

Leave a Reply

%d bloggers like this: