Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
निर्देशक तथा अभिनेता सुदर्शन थापाको निर्देशनमा तयार हुन लागेको चलचित्र “म यस्तो गीत गाउछु” को छायांकन सुरु भएको छ । बिहिवार राजधानीमा क्यामेराको पुजा गर्दै स्वयम्भु नजिकैबाट चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको नायक पल शाह र नायिका पुजा शर्माले पहिलो दृश्य दिदै चलचित्रको छायांकन प्रारम्भ गरेका हुन् ।
ma-yasto-geet-gauchu
निर्माण पक्षेको अनुसार चलचित्रको छायांकन अवधि ४० दिनको तय गरिएको छ । चलचित्रमा पल र पुजा संगै सरोज खनाल, रुपा खनाल, प्रज्ज्वल सुजल गिरी पनि मुख्य भूमिकामा रहेका छन् । निर्माण पक्षेले दिएको जानकारी अनुसार चलचित्रको छायांकन काठमाण्डौसँगै पोखरा र मुस्ताङमा गरिनेछ ।
सुदर्शन थापा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा सुदर्शन थापाको लगानी छ भने अभिनेत्री पूजा शर्मा सहनिर्मात्रीमा छिन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत र संजय लामाले छायांकन समावेश रहनेछ ।

Leave a Reply

%d bloggers like this: