Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
फाल्गुन २७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र “दर्पण छाँया २” को नया गीत सार्वजनिक भएको छ । “नौलो तरङ्ग” बोलको गीतमा सवु रविको शब्द र रन्जित गजमेर र चन्दन लोम्जेलको संगीत रहेको छ । गीतमा गायिका मेलिना राईले आफ्नो सुमधुर स्वर भरेकी छिन् ।
सहारा फिल्म्सको पहिलो प्रस्तुति रहेको चलचित्र “दर्पण छाँया २” का प्रस्तोता डा लोप्जङ लामा हुन् भने निर्माता साबु गदाल कार्की र रवि कार्की हुन् । छायाँकार रामेश्वर कार्कीले चलचित्रको छायांकन गरेका छन् । यस्तै चलचित्रमा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: